०४ जेठ २०७८, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, चैत्र १६, २०७७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले संसद पूनःस्थापना भएपछि नैतिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन् । राजनैतिक रुपमा प्रधानमन्त्री ओलीले बहुमत गुमाएपनि कानूनी रुपमा बहुमत कायमै रहेको उनको टिप्पणी छ । उनले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि आफ्नो पार्टीले ढिलाई गर्नुको कारण अहिलेपनि कांग्रेस, माओवादी केन्द्र र जसपा नेपालबीच ठोस सहमति नहुनु नै रहेको स्पष्ट पारेका छन् । प्रवक्ता शर्माले ओली नेतृत्वको सरकार हटाउने सवालमा ठोस सहमति नभएको जिकिर गरे । उनले आफूहरुले प्रधानमन्त्री पद चाहियो भनेर नभनेको पनि स्पष्ट पारे । अहिले कांग्रेसले झ्यालबाट हेरिरहेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले गरेको संसद् विघटन असंवैधानिक भनेर आफ्नो पार्टीले भनिसकेको उल्लेख गर्दै उनले अवस्था परिपक्व भएपछि निर्णायक कदम चाल्ने बताए ।

सोमबार, चैत्र १६, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]