३१ जेठ २०७८, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित

विराटनगर / कोरोना महामारी नियन्त्रणका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिदार्थ बैंक प्रदेश कार्यालय विराटनगरले प्रदेश सरकारलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
प्रदेश–१ सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ बैंक प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई १० लाख रुपैयाँको चेक हस्तान्नतरण गर्नुभयो । कोरोना महामारी नियन्त्रणका लागि गत बर्ष पनि बैंकले प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको बस्नेतले जानकारी दिनुभयो ।
कोरोना महामारीको जोखिम न्यूनिकरण र उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले प्रदेश सरकारको कोषमा जम्मा हुने गरी रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा सिद्धार्थ बैंक विराटनगर शाखाका प्रबन्धक सूर्यप्रसाद शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको समेत उपस्थिति रहेको थियो । दैवी प्रकोपका पीडितहरुलाई बैंकले विगतदेखि नै राहत वितरण गर्दै आएको छ ।

बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]