३१ जेठ २०७८, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिएको छ । सो समयभित्र कुनै पनि दलले प्रधानमन्त्री पदमा नियुक्तिका लागि दावी पेश नगरेको हुँदा ओली फेरि प्रधानमन्त्री पदमा नियुक्त हुने भएका छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओली ‘प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेता’ का हैसियतमा ओली प्रधानमन्त्री पदमा नियुक्त हुने भएका हुन् । गत सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएपछि राष्ट्रपतिबाट आज राति ९ बजेसम्मको समय दिएर संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि आह्वान भएको थियो । यस्तो सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गरेको प्रयास असफल भएपछि धारा ७६ को उपधार ३ अनुसार ओली फेरि प्रधानमन्त्री नियुक्त हुने पक्का भएको हो ।

बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]