३१ जेठ २०७८, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

नेपाली कांग्रेसले ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । आजदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत अन्तरक्रिया गर्न लागिएको हो । पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता कार्यकर्ताको संलग्नतामा कार्यक्रम गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आज बिहान १० बजेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ । आजै अपरान्ह ४ बजेदेखि लुम्बिनी प्रदेशसँग अन्तरक्रियाको कार्यक्रम राखिएको कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिनुभयो । यसैगरी भोलि बिहान १० बजेदेखि गण्डकी प्रदेश र अपराह्न ४ बजेदेखि वाग्मती प्रदेशका जिल्लाको सहभागिता रहने कांग्रेसले जनाएको छ । त्यस्तै जेठ ४ गते बिहान १० बजेदेखि प्रदेश नं. २ र अपराह्न ४ बजेदेखि प्रदेश १ का जिल्लाका नेताहरुसँग कांग्रेसले अन्तक्र्रिकया गर्ने छ । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, पालिकाका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहने जनाइएको छ । सबै प्रदेशको संयोजन गर्ने जिम्मा सहमहामन्त्री एवम् कांग्रेसको कोभिड—१९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतलाई दिइएको छ ।

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]