२९ आषाढ २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, चैत्र ०३, २०७४ मा प्रकाशित

बेलायतको पुलिसले लन्डनमा भएको रुसी व्यापारीको मृत्युलाई हत्या भएकोे आशंकामा अनुसन्धान शुरु गरेको छ । ६८ वर्षीय रुसी व्यापारी निकोलाई ग्लुसकोभ यही मार्च १२ मा आफ्नै घरमा मृतअवस्थामा फेला परेका थिए ।

पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु घाँटी थिचिएर भएको उल्लेख भएपछि बेलायत प्रहरीले हत्याको आशंकामा अनुसन्धान सुरु गरेको हो । रुसका पूर्व जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि ‘नर्व एजेन्ट’बाट हमला भएको दुई हप्तापछि रुसी व्यापारी मृत अवस्थामा फेला परेका हुन् ।

बेलायतका विदेशमन्त्री बोरिस जोनसनले स्क्रिपालमाथि भएको रासायनिक आक्रमणको पछाडी रुसको संलग्नता भएको आरोप लगाएका छन् ।

शनिबार, चैत्र ०३, २०७४ मा प्रकाशित
अन्तर्राष्ट्रिय संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]