Breaking News

Radio Star

बिगत ४ वर्ष देखि दक्षिण कोरियामा रहनुभएका काभ्रे, बनेपाका रोजेन सुन्दास पछिल्लो क्रममा विदेशमै रहेपनि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । प्रसिद्ध गायक राजेश पायल राईको “किन गयौं टाढा….” बोलको गीतबाट अभिनय यात्रा प्रारम्भ गर्नु भएका सुन्दासले राज सिग्देलको “प्रेमको परिभाषा….” भन्ने गितमा समेत अभिनय गर्नु भएको छ । दक्षिण कोरियाको फेनटेङमा बसोबास गर्दै आउनु भएका कलाकार सुन्दाससंग आशिष भट्टराईले गर्नुभएको कुराकानी :

आज भोली के मा व्यस्त हुनुहुन्छ ?
अहिले म यतै कोरियामा गायक शिव परियारको गित ” ऊ आई मेरै छेउ दिल तमाम गरेर गई….” बोलको गीतको म्युजिक भिडियोको सुटिङमा व्यस्त छु ।

४ वर्ष देखि नेपाल बाहिर बसेर कलाकारिता क्षेत्रमा योगदान दिईराख्नु भएको छ । कस्तो महसुस हुन्छ ?
खुसी लाग्छ , नेपाली कलाकारिता क्षेत्रको म आफु देश बाहिर भएपनि धेरै माया लाग्छ, जय नेपाल, जय गीत, जय संगित

 तपाईको पहिलो म्युजिक भिडियो गायक राजेश पायल राईको गित थियो, त्यो गीतमा खेल्ने अवसर कसरी प्राप्त भयो ?

म यहाँ बस्दै गर्दा, एक जना दाईले मेरो लुक्स देखेर म्युजिक भिडियो गर्नु पर्छ कोरियामा भन्नु भयो त्यसपछि एउटा गीतमा मोड्लिङ गर्दिनु हुन्छ भनेर अफर गर्नु भयो । त्यसरी मैले गायक राजेश पायल राईको आवाजमा र संगिता वायुङ राई उहाँ सो गितको गितकार हुनुहुन्छ अहिले लन्डनमा बस्नुहुन्छ, उहाँको गितमा अभिनय गर्ने मौका पाए ।

 राजेश पायल राई चर्चित गायक हुनुहुन्छ, उहाँको गितमा खेल्ने अफर आउदा कस्तो अनुभव गर्नु भएको थियो ?
खुसी लाग्यो धेरै, पहिलो म्युजिक भिडियोमा चर्चित गायक को गीतमा अभिनय गरे भाग्यमानी ठान्छु आफुलाई ।

मोडलिङ बाहेक कोरियामा अरु के गर्नुहुन्छ ?
– मोडलिङ बाहेक यहाँ सामसुङ कम्पनीको इलेक्ट्रोनिकस् पाट्समा जब पनि गर्दै छु ।

 पहिले देखि नै सोच थियो मोडलिङमा लाग्छु भनेर कि पछि अफर आएपछि मात्र सोच आयो ?
– सोच त पहिले देखि नै थियो तर सबै कुराको समय हुदों रहेछ, सहि समय आउनु पर्दोरहेछ र त्यो सही समय मलाई दक्षिण कोरियामा मिल्यो, सोच र अफर दुईटै कुरा मिल्यो अनि एक पछि अर्को गर्दै अहिले तेस्रो म्युजिक भिडियोमा अभिनय गर्दै छु ।   

मोडलिङ बाहेक अरु के कुरामा रुचि राख्नुहुन्छ ?

– मलाई गायक बन्ने पनि रुचि छ, गीत पनि गाउछु, मेरा रुचिका विषय धेरै छन् । अब एक वर्ष पछि नेपाल फर्कदै छु ती रुचीलाई समय संगै एक पछि अर्को गर्दै पूरा गर्ने छु ।

चलचित्र क्षेत्रमा पनि जाने रहर होला नी ?

– म्यजिक भिडियो गर्दै चलचित्र सम्म पुग्ने एउटा रहर हुन्छ हरेक कलाकारको । मलाई चलचित्रको अफर पनि आएका छन् तर अब नेपाल फर्केर २०२१ सम्ममा कुनै चलचित्रमा अभिनय गर्ने छु ।

एक वर्ष पछि नेपाल फर्कदै हुनुहुन्छ, त्यसपछिको योजना के छ ? पुनः विदेश जाने सोचमा हुनुहुन्छ कि ?
– नेपाल फर्के पछि म सायद विदेश जान्न होला, अब मरो एक्टिङ स्किल, बडि बिल्डिङ, डान्सिङ यी सबै कुरालाई सिक्दै नेपालमै बसेर कलाकारितामै केही गर्ने सोच छ । विदेश फर्किने सोच छैन ।

३ वटा म्युजिक भिडियो खेलिसक्नु भयो , घर परिवार र साथिभाइको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

– परिवारमा पनि एकदम खुसी महसुस गर्नु हुन्छ, साथि भाइहरुबाट पनि राम्रो माया, रेस्पोन्स, सपोर्ट दिनु हुन्छ, यसकारणले नै होला मलाई एक पछि अर्को अफरहरु आईरहेको छ, मलाई सबैले धेरै माया र साथ दिनु भएको छ, परिवार, आफन्त साथिभाई र मेरो शुभचिन्तकहरु र भ्युअरहरु जसलाइ म भगवान ठान्छु उहाँहरुले गर्दा नै म यहाँ सम्म आईपुगेको छु। एकदम धेरै खुसी लाग्छ, एकदम धेरै नै । 

 अब अन्त्यमा आफ्ना जति पनि फ्यानहरु हुनुहुन्छ, उहाँहरुले के भन्न चाहानु हुन्छ  ? 

– मेरो फ्यान भनेको मेरो भगवान हो, उहाँहरुको कारणले म जे छु जहाँ छु, मेरो फ्यान भन्दा पनि म उहाँलाई मेरो भगवान ठान्दछु, यस्तै माया साथ सधै रहिरहोस् र सधै मलाई माया र साथ दिन सबैजनालाई अनुरोध गर्दछु ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार २२:३४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook