Breaking News

Radio Star

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुले जनताले तिरेको करमा रजाई गरेपछि यसको सर्वत्र आलोचना भएको छ । ३० बर्ष अघिदेखीको करिव ३ करोड रुपैया बेरुजु फस्र्यौट गर्न नसकेको महानगरपालिकाले पेश्की रकम जनप्रतिनिधिहरुलाई दिएर वेरुजुको भार थप बढाउदै गएको छ । जनताको सेवा गर्छु भन्ने वाचा गरेर चुनाव जितेका महानगरपालिकाका वडा अध्यक्ष र सदस्यहरुले दशै अगावै पेश्की लिने निर्णय गरेका हुन । पेश्की लिन वोर्ड वैठकमा चर्का चर्की समेत हुन पुगेको थियो । निर्वाचित भएको ३ महिना अर्थात असोजमा जनप्रतिनिधिहरुले पेश्की लिन सफल भएका हुन । ५ करोड पेश्की रकम फस्यौटका लागी महानगरपालिकाले पटक पटक सूचना प्रकाशित गरेर नामावली सहित प्रकाशन गरेपछि २ करोड फस्यौट भएको थियो ।

जनताले तिरेको राजस्वको दुरुपयोग बढेपछि महानगरपालिकाको नेतृत्व र जनप्रतिनिधिमाथी नगरबासीहरुको आशा , भरोसा र विश्वास घटदै गएको छ । पेश्की लिने तर फस्र्यौट नगर्ने विगतको तितो अनुभवले यसको व्यय्भार झन बढेर जाने देखिन्छ । जसले गर्दा विराटनगरको वृहत्तर विकास प्रभावित हुने छ । जनप्रतिनिधिहरु जनतामुखी भन्दा पैसा मुखी बन्दै जादा महानगरपालिकाले उपलब्ध गराएको पेश्की विवरण अनुसार वडा अध्यक्ष , कार्यपालिका सदस्य र वडा सदस्य गरि ७१ जनाले २१ लाख १५ हजार रुपैया पेश्की लिएका छन । जसमा ७९ हजार ५ सय फस्र्यौट भएको छ । अहिले सम्म वडा न ७ का अध्यक्ष मधुवावु तिवारीले मात्र पेश्की रकम फस्यौट गरेका छन । उनले ७५ हजार रुपैया पेश्की लिएको र चैत ६ गते नै फस्यौट गरेका हुन । वोर्ड सदस्य र सदस्यहरुलाई मासिक रुपमा महानगरपालिकाले उपलब्ध गराउदै आएको ३ हजार पेश्की रकममा फस्यौट गर्दै लाने भनिएपनि कसैको जम्मा गरिएको छैन । जनताको पैसा लिएर मस्ती गरिरहेका जनप्रतिनिधिलाई रकम फस्र्यौट गराउन महानगरपालिकाका कर्मचारी पनि लाचार छन ।

१९ वडा रहेको महानगरमा १३ वडा अध्यक्षले ७५ हजारको दरले पेश्की वुझेका छन । पेश्की बुझेका अध्यक्षहरुमा काग्रेसबाट।वद्रीनारायण सरदार , मधुवावु तिवारी , विश्वनाथ भगत , निश्चल अर्याल र मनोज सुब्बा छन । , फोरमका झरिलाल महत्तो ,हिरालाल कामत्त , असलम आलम , समिम कवर , सञ्जयकुमार साह , , मोओवादी केन्द्रबाट विजय कामत्त र एमालेबाट माद्यवराज वाग्ले छन । ५० हजार पेश्की लिने कार्यपालिका सदस्यहरुमा गायत्रीकुमारी दास , चम्पादेवी खत्री , विनादेवी मण्डल , राजेश भूजेल , कमला सुब्बा , सुशीला पोखरेल छन । १५ हजार पेश्की लिने सदस्यहरुमा रामोदेवी यादव , शैलीदेवी यादव , सन्तोष साह , सन्जुदेवी दास तत्मा , रजि अहमद् अन्सारी , कमला चापागाई , सुरेश राय अमात , राजनन्द महत्तो , बलराम राजवंशी , राजदेव यादव , बासुदेव कामत्त , सुशीला पोखरेल सापकोटा , श्यामकुमार मण्डल , राधादेवी पासवान , विनादेवी सरदार , अशोककुमार मण्डल , किरणदेवी पासवान , विमलादेवी पौदार , नागेश्वर राजवंशी , सम्भयादेवी ऋषिदेव , गीताकुमारी विश्वकर्मा , ललीतादेवी तत्मा , सरितादेवी साह , खडगबहादुर राई , फुलसरी दमाई , चित्रकला आचार्य , चुलीयादेवी साह , जिबछीदेवी हरिजन , सियानन्द मण्डल , मनेका परियार , विजय दाहाल , ओमप्रकाश कुमार साह , पिंकी पासवान , शंकर यादव , सेवकीदेवी पासवान , ललीतादेवी पासवान , सम्झना सरदार , रामवहादुर थापा , तुलसी घिमिरे , रियाज अहमद् , राधे सोरेन , सुशीला पासवान , वसन्तिदेखी बैठा , सम्झना भूजेल , केवलराय अमात , मोहन चौधरी , महिचन्द्र यादव , राजेश सरदार , जितेन्द्र खवास छन । वडा सदस्य देवु मण्डलले १५ हजार पेश्की लिएकोमा ३ हजार फस्र्यौट गरे । दलीत महिला सदस्य भारती रम्तेलले १५ सय फस्र्यौट गरिन ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार १६:४०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook