Breaking News

Radio Star

शुक्रबार रिलिज भएको फिल्म ‘शत्रु गते’ ले दिनानुदिन आफ्नो ब्यापार बढाई रहेको छ । फिल्मलाई हेर्ने दर्शकले रुचाएपछी यसको ‘वर्ड अफ माउथ’ निकै बलियो देखिएको छ । शुक्रबार सुरुवाती बिजनेस केहि कम देखिएता पनि दिवा सो बाट यसले उचाई लिएको थियो । ‘फिल्म हेरेर निस्किनु भएको दर्शकको प्रतिक्रियाले निकै उत्साहित छौ , साथमा व्यापार जोडिएको नै छ’फिल्मका प्रस्तुतकर्ता किरण केसी भन्छन ‘फिल्मलाई रुचाइनुनै हाम्रो सफलता हो ।’ उनका अनुसार फिल्मले पहिलो दिन ७२ लाख , दोस्रो दिन १ करोड ४३ लाख र तेस्रो दिन १ करोड १२ लाखको करोबार गर्न सफल भएको छ । तिन दिने कलेक्सन हेर्ने हो भने फिल्मले ३ करोड २७ लाख बराबरको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १०:२८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook