Breaking News

Radio Star

बिराटनगर , प्रदेश नम्बर १ को नामाकरण किरात प्रदेश रहनु पर्ने माग गर्दै आज प्रदेशका मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भण्डारीलाई हस्ताक्षरसहित ज्ञापन पत्र बुझाईएको छ ।

देशभरबाट संकलन गरिएको २५ लाख हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइकएको हो । किरात राई यायोक्खाको अगुवाईमा संसद सचिवालय विराटनगरमा सभामुख र मुख्यमन्त्रीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको थियो । प्रदेश नम्बर १ लाई किरात प्रदेश नामाकरण गर्नुपर्ने छ आधार ज्ञापनपत्रमा समेटीएको छ ।

यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईले हिमाल, पहाड र तराईले स्वीकार गर्ने नाम किरात रहेको दावी गर्दै यसले सबैलाई समेट्ने दावी गर्नुभयो । विभिन्न १६ जातिका किरातीसहित आदिवासी, जनजाति र खसआर्य समुदाय बसोबास गर्ने क्षेत्रलाई किरात भूगोलको रुपमा पहिचान दिन माग गरिएको छ ।

पूर्वी नेपालको विभिन्न भू–भागमा भष्मे खोरिया फाँडेर मानव सभ्यता किरातीले बसाएको, बहुपहिचानको नारा पार्टीहरुले दिइएको, प्रदेशवासीमा हुने द्वन्द्व किरातले हटाउन सक्ने भएका कारण प्रदेशको नामाकरण किरात हुनुपर्ने माग दावी गरिएको छ । यायोक्खाको समितिसँग ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री शेरधन राईले संसदबाटै सबै कुरा टुङगीने बताउनुभयो ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार २०:४६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook