१२ आश्विन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, चैत्र २७, २०७४ मा प्रकाशित

सरकारले शिक्षाको अवसरबाट बन्चित भएका बालबालिकालाई खोजेर विद्यालय भर्ना गर्न र स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैलाई आह्वान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको बैठकले मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री, मन्त्रीदेखि राजनीतिक दलका पदाधिकारी तथा पेशाकर्मीले कम्तिमा एक बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्नका लागि आह्वान गरेको हो ।

आर्थिक रुपले विपन्न, सीमान्तकृत र लोपोन्मुख समुदायका वालवालिका शिक्षाबाट बन्चित नहुन् भनेर सरकारले स्वेच्छिक अविभाावकत्वको अभियान चलाउन खोजेको सूचना तथा सन्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो । यो अभियानबाट कम्तिमा ५० हजार बालवालिका विद्यालय जान सक्ने उहाँको भनाइ छ ।

यस्तै सरकारले आधारभूत तहको विद्यालय शिक्षा निःशुल्क गरेको छ । किताव र शुल्क निःशुल्क भए पनि उनीहरुको पोशाक, स्टेशननरी, झोला, छाता लगायतका आधारभूत आवश्यकता पूरा गर्न स्वेच्छिक अविभाकत्वको योजना ल्याइएको बताइएको छ । बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानून मन्त्रालयको सचिवमा सरुवा गरेको छ । यसअघिका सचिव कमलशाली घिमिरे अवकाश भएपछि रिक्त रहेको स्थानमा गौतमलाई सरुवा गरिएको हो ।

त्यस्तै कानून मन्त्रालयका सहसचिव डिल्ली घिमिरेलाई सचिवमा बढुवा गरि प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको राज्यमन्त्री बास्कोटाले जानकारी दिनुभयो । आजको बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त गर्ने सम्बन्धमा निर्णय हुने अपेक्षा गरिए पनि त्यस सम्बन्धी कुनै निर्णय नभएको बताइएको छ ।

मंगलबार, चैत्र २७, २०७४ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]