२६ साउन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, जेठ १३, २०७५ मा प्रकाशित

यृुवाको हातमा नेतृत्व पर्दा के हुन नसक्दो रहिछ र ? वर्तमान नेपालको राजनीतिमा यूवा नेतृत्वको माग त्यसै बढेको रहिन छ । युवाले नेतृत्व प्राप्त गरेपछि यसको परिणाम तत्कालै देखिन थालेको छ । यसको ज्वलन्त उदाहरण हेर्न सुन्दर हरैचा नगरपालिका पुगे हुन्छ । ४३ बर्षिय जुझारु मेयर शिव ढकालले आफ्नो १ बर्षे कार्यकालमा सोचे भन्दा बढी काम गरेर स्पर्धी नगरपालिकालाई चकित बनाईदिएका छन । दातृ निकायको सहयोग देखी लोकप्रिय कार्यक्रमहरु ल्याएर जनता खुशी पार्ने सम्मका काममा ढकाल अग्रसर देखिन्छन । जनता रिझाउदै धेरै विकास गर्ने पूर्वकै पहिलो मेयर बन्न सफल भएका छन ढकाल । कुरा भन्दा काममा बढी विश्वास उनी राख्छन । उनी कामको प्रचार पनि खोज्दैनन । जनतालाई खुशी पारेपछि मैले यो गरे ,त्यो गरे भनेर हिडरिहनु पर्दैन उनले भने , मेरो यो प्रवृती पनि छैन । स्थानीय निकायका धेरै नगरपालिकामा मेयरले १ करोड रुपैया सम्म अनुदान भित्राउन सकिरहेका छैनन ।। ढकालले आफ्नै पहलमा १ अर्व रुपैया भन्दा बढी अनुदान नगरको समग्र विकासको लागी भित्राएका छन । यो अनुदानले अन्य स्थानीय निकायका मेयरलाई थप चुनौती खडा गरिदिएको छ । एशियाली विकास वैकको सहयोगबाट प्राप्त १ अर्व रुपैया बाट ४५ किलो मिटर कालोपत्रे सडक निर्माण हुदैछ ।
१० करोड रुपैयाको लगानीमा शहरका विभिन्न ८ वटा चौकहरुमा अत्याधुनिक शौचालय निर्माण भैरहेको छ । निर्माणधिन शौचालय नेपालकै नमूना शौचालय बन्दैछ । विराट चौक दक्षिण १ किलो मिटर सडक खण्डमा (वाकिड स्ट्रिट) बनाईदैछ । रोग लागेर मर्निङ वाक गर्न नपाएका नगरबासीहरुलाई लक्षित गरेर सो सडक निर्माण गर्न लागिएको हो । स्पस्ट भिजन राख्ने मेयर कहिले जनतालाई ठग्दैनन । हुने काम छ भने तत्कालै गर्ने उनको स्व्ँभ्ाँव छ । जनताले माग गरेको कुरा तत्कालै सम्वोधन गर्ने गरेकाले ढकाल लोकप्रिय बन्दैछन । नगरको १२ वटै वडाका २५ स्थानमा( फ्रि (वाईफाई) उपलब्ध गराएका छन । अपराध मुक्त शहरको कल्पना गरि विभिन्न चौकहरुमा सीसी क्यामेरा जडान गरि गछिया र विराट चौकमा निगरानी कक्ष राखिएको छ । संसारकै सवैभन्दा ठूलो गाईको प्रतिमा नगरको वृन्दावनमा राखिदैछ । १ लाख ५० हजार जनसंख्या रहेको यस नगरको वाघझोडामा राष्ट्रपति संरक्षण सिमासार क्ष्ँेत्रको निर्माण गरिदैछ । पर्यटकीय गन्तव्य बनाउने सोच अनुसार सिमसार क्षेत्रमा लागनी बढाएको मेयर ढकालले बताए

आइतबार, जेठ १३, २०७५ मा प्रकाशित
राजनीति संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]